२०८३ कात्तिक २९ , आइतबार

राष्ट्रपति पौडेल आज दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने



 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाटस्थित छठ पूजास्थलमा जाने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाट पुग्ने कार्यक्रम तय भएको छ। छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलले गौरीघाटमा पुगेर सूर्यदेवको पूजा–आराधना तथा अघ्र्य दिने कार्यक्रम रहेको छ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार