एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ अन्तर्गतको जारी नेपाल र यूएईबीचको खेलमा नेपालले चौथों विकेट गुमाएको छ।
नेपालेले रूबिना क्षेत्रीलाई चौथों विकेटको रुपमा गुमाएको हो। उनले ८ बलको सामना गर्दै मात्र १० रन जाेडिन्। यस क्रममा उनले एक चौका प्रहार गरिन्।
उनलाई युएईका बलर एगोडगेले बाेल्ड गरिन्।
हाल १४.२ ओभरको खेल चलिरहँदा नेपाल चार विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ। यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपाललाई खेल जित्न ११६ रनको आवश्यक छ।
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार








