२०८३ साउन १ , शुक्रबार

अध्यक्ष दाहालद्वारा विजयी महिला क्रिकेट टोलीलाई बधाई



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त अरब एमिरेट्स (युएई) सँगको शुक्रबारको खेलमा ऐतिहासिक विजय हासिल गरेका नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन।

उनले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरे । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले भनेका छन, ‘क्रिकेटमा एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली टोलीलाई थप सफलता दिलाउन हामी सबैले सहयोग र प्रेरणा प्रदान गरौँ ।’

महिला एसिया कपको शुक्रबार भएको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको एक सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार