२०८३ साउन १ , शुक्रबार

महिला एसिया कप :भारतविरुद्ध पाकिस्तानले १०८ रन बनायो



महिला एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले १०८ रन बनाएको छ। श्रीलङ्काको दम्बुलामा भइरहेको यी दुई बिचको खेलमा पाकिस्तानी कप्तान निदा दारले टस जितेर पहिले ब्याटिङ गर्दै १९ दशमलब १ ओभरमा १०८ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

पाकिस्तानका लागि सबै भन्दा वढि सिद्रा अमिनले २५ रन तथा तुबा हसन र फातिमा सानाले २२/ २२ रन बनाए । भारतका लागि दिप्ती शर्माले ३ विकेट तथा रेणुका सिंह,पूजा वस्त्रकार र श्रेयंका पाटिलले २ /२ विकेट लिए ।

पाकिस्तान र भारतकै समूहमा रहेको नेपाली टोलीले शुक्रबार नै भएको खेलमा युएईलाई ६ विकेटबाट हराएर विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार