२०८३ साउन १ , शुक्रबार

सिमलताल दुर्घटना: बेपत्ताको खोजीका लागि भारतबाट विज्ञकाे टोली आउँदै



चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी आज पनि जारी रहेको छ।

शनिबार भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि दुर्घटना क्षेत्र सिमलताल आउने भएको छ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए। ६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ।

मृतकमध्ये १५ जनाको सनाखत भएको छ। आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन। शवहरु चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन्।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार