२०८३ साउन १ , शुक्रबार

कांग्रेस–एमाले मात्र भएको देश बन्न नदिन विपक्षमा मतः राप्रपा



राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेमात्रै भएको देश बन्नबाट जोगाउन सरकारको विपक्षमा मतदान गर्न लागेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा सहभागि हुँदै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

‘नेपालका तीनटा ठुला परिवर्तन २००७, २०४६ र २०६२/६३ को परिवर्तन जहाँ कतिको सहमति र कतिको विमती होला,’ लिङदेनले भने,‘ती परिवर्तनमा २००७ ले प्रजातन्त्र, २०४६ सालले बहुदलीय व्यवस्था र २०६२/६३ ले समानुपातिक समावेशीता तीनवटा महत्वपूर्ण कुरा स्थापित गरेको छ ।

यसबाट मुलुक पछाडि फर्कन सक्दैन ।’ तर, समानुपातिक समावेशीतालाई समाप्त गर्ने दुईदलीय व्यवस्थामा लानेजस्तो कुरा गरेको उनले आरोप लगाए । ‘कांग्रेस–एमाले मात्रै भएको देश कस्तो होला कल्पना गरौं त । यो खतराबाट देशलाई बचाउन प्रतिपक्षमा उभिने निर्णय गर्‍यौं,’ उनले भने । अस्थिरताको कारण साना दल नभई ठुला दल नै भएको लिङदेनले बताए ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतबार