२०८३ साउन १ , शुक्रबार

ग्लोबल टी-२० लिग खेल्न क्यानडा उडे सन्दीप



नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन्। क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन्।

आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ। लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन्।

भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ।

सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन्।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार