२०८३ साउन १ , शुक्रबार

साउने सोमवारको व्रत बस्दै हुनुहुन्छ, ध्यान दिनुस् यी कुरामा



आजबाट साउने सोमवारी सुरु भएको छ। साउनको सोमवारी सुरु भएसँगै भगवान शिवको व्रत बस्ने पनि सुरु भएको छ।

साउन महिना भरी र विशेषगरी सोमवारका दिन भगवान शिवको पूजा अराधना गरी मनाउने गरिन्छ। भगवान शिवको व्रत बस्नाले उनी जस्तै वर पाइन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ।

साउन महिनामा विशेषगरी भगवान शिवको पुजा अराधना गर्ने र व्रत बस्ने चलन छ। साउन महिनाको सोमवारका दिन व्रत बस्दा विभिन्न कुरामा ध्यान दिनपर्छ।

सोमवार भगवान शिवको अराधना, श्रीमानको दीर्घायू र अविवाहिताले सुयोग्य वर पाउने विश्वासका साथ व्रत बस्ने गर्छन्।

व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर बन्छ। निराहार बस्दा थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन्। उसो त सातामा एक दिन व्रत बस्नु महिला मात्र नभइ सबैका लागि राम्रो हुन्छ। तर, आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ। जस्तै पानी र फलफूल सेवन गरि व्रत बस्ने आदी।

चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ। वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नु भन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो।

विशेषगरी साउने सोमवारका दिन व्रत बस्ने परम्परा पनि रहेको हुँदा व्रत बस्नेले आफ्नो स्वास्थ्यको ख्याल गरेन भने विभिन्न समस्या देखिन सक्छ। जस्तै, रिङ्गाटा लाग्ने, बेहोस हुने, शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुने, रगतमा चीनिको मात्रा कम हुने, रक्तचाप कम हुने आदी।

त्यसकारण, व्रत बस्दा ध्यान दिएर तथा आफ्नो स्वास्थ्यको अवस्था हेरेर मात्रै व्रत बस्नु उचित हुन्छ।

व्रत बस्दा कतिपय निराहार पनि बस्ने गर्छन् भने कतिपयले आफ्नो स्वास्थ्य अवस्था हेरेर फलफूल खाएर पनि व्रत बस्ने गर्छन्। यसैपनि सातामा एकदिन व्रत बस्नुलाई फाइदाजनक मानिन्छ। तर, भगवानका नाममा दिनभर पानी समेत नखाइ व्रत बस्नु स्वास्थ्यको लागि राम्रो होइन। आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ।

चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ। वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नुभन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो। व्रतले मानव शरीरमा गर्न फाइदा र बेफाइदा बारे डा. रक्षा गौतमको भनाइ यस्तो छ :

नियमित व्रत बस्दाका फाइदा:

व्रत बस्दा तौलमा नियन्त्रण हुन्छ। तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ।

उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ। पाचन प्रक्रियाले आराम पाउँछ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ।

शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ। तर, पानी पनि नपिइ निराहार व्रत बस्नु स्वास्थ्यलाई हानिकारक मानिन्छ।

पानी नपिउँदा शरीरमा पानीको कमी भई डिहाइड्रेसनजस्ता समस्या निम्तन्छ। त्यसतर्फ ख्याल गर्नुपर्छ। हुन त आजको मौसम शितल छ तर, आगामी दिनका लागि भने तयारी अवस्थामा रहनुपर्छ।

व्रतका बेला घरमै बस्दा समस्या नहुन सक्छ। तर, निराहार व्रत बसेका बेला धेरै परिश्रम गर्ने, चर्को घाममा हिँडडुल गर्दा शरीरमा पानीको कमी हुन जान्छ। यस्तो अवस्थामा चक्कर लाग्ने, कमजोरी महसुस हुने तथा ब्लड प्रेसर घटबढ हुनसक्छ।

शरीरमा पानीको मात्रा कमी भए त्यसको असर मिर्गौलामा पर्छ। त्यसकारण व्रत बस्दा निराहार भन्दा पानी र फलफूलको सेवन गर्नु फाइदाजनक हुन्छ।

त्यसैगरी धेरै धपेडी गर्नु पनि उचित होइन। लामो समयसम्म लाइनमा बसेर पानी पनि नखाँदा त्यसले रिङ्गाटा लाग्ने, बेहोश हुने हुन्छ। त्यसकारण ५० एमएल, सय एमएल पानी खाइरहनु पर्छ।

दीर्घ रोग जस्तै मधुमेह, मुटुरोगी, गर्भवति, औषधि सेवन गरिरहने व्यक्तिहरू सकेसम्म व्रत नबसेको राम्रो हुन्छ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार