२०८३ साउन १ , शुक्रबार

भ्रष्ट्राचार छोप्न अरुलाई लाञ्छना नलगाऔँ: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट्राचार छोप्न अरुलाई लाञ्छना लगाउन नहुने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भ्रष्ट्राचार छोप्न अरुलाई लाञ्छना लगाउन नहुने बताएका हुन्।

उनले भने,’हामी गरिमामय संसदमा छौँ। हामी जनताले छानेका प्रतिनिधि त्यसको हैसियतमा बोल्नुपर्छ। कहिले सुन होइन पीतल चढाएको भनिएको छ। कहिले अनेक प्रकारका फोटो छपाएको छ। यो खालको तरिका माननीयको हैसियतमा सोभनिय हुँदैन। सत्य कुरा गर्न सिक्नुपर्छ। सत्य कुरा बोल्नुपर्छ। भ्रष्ट्राचारको विरुद्ध बोलौँ भ्रष्ट्राचार छोप्न अरुलाई लाञ्छना नलगाऔँ।’

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार