२०८३ साउन १ , शुक्रबार

बागमती प्रदेश: एमालेले टुङ्गायो ६ मन्त्रीको नाम



नेपाली कांग्रेस र नेकपा एमालेबीच बागमती प्रदेशमा मन्त्रालयको भागबण्डामा सहमति भएसँगै नेकपा एमालेले आफ्नो दलको तर्फबाट मन्त्रीको नाम टुंगो लगाएको छ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुङ्ग्याएको हो।

एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघिको सरकारमा उनको जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय यो पटक एमालेकी सुकुमाया तामाङलाई दिइएको छ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ्य मन्त्रालयमाका जिम्मेवारीमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार