२०८३ साउन १ , शुक्रबार

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ बुधबार देखि



निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिका अनुसार उनको सुनुवाईको लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ ।

असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ बुधबार हुन लागेको हो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार