२०८३ असार ३२ , बिहीबार

केन्द्रीय कारागारमा नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर



केन्द्रीय कारागारको महिला सुधार गृहका बन्दीहरूको निः शुल्क आँखा शिविर सम्पन्न भएको छ। शुक्रवार रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा गृहका २ सय ५० जनाको आँखा र २ सय ३० जनाले दाँत परीक्षण गरेका छन्। आँखा परीक्षणपछि १ सय ६० चस्मा र आवश्यक पर्नेलाई औषधी वितरण गर्ने गरिएको छ।

कार्यक्रममा प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र कीर्तिपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गरेका हुन्। निशुल्क जनचेतनामुलक स्वास्थ्य शिविरमा आँखा कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भमा कीर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा. सविना श्रेष्ठले र दाँत कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अभिमुखीकरण गरेका थिए।

कार्यक्रमलाई सम्बाेधन गर्दै नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य तथा रोटरी क्लव अफ महाराजगन्जका संस्थापक अध्यक्ष डा. जयवहादुर टण्डनले केन्द्रीय कारागारको आवश्यकता पहिचान गरी सहकार्यमा अगाडि बढ्न सकिने बताए।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार