२०८३ असार ३२ , बिहीबार

११ महिने बालिकाको पानीमा डुबेर मृत्यु



भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.१० चित्तपोलमा ११ महिने बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.२ घर भई हाल सोही स्थान बस्ने गीता बस्नेतको छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।

खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।पानीमा डुबेपछि अशक्त भई तत्कालै उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हाल सब पोस्टमार्टम लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको सूचना अधिकृत राजन कार्कीले जनाए । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार