काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदै छ।
दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन्। हाल आठ वटै पुल निर्माण भइरहेका छन्। निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमलव नौ सय ७७ किलोमिटर लामो छ। सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन्।
द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ।
आयोजना अन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्। बाँकी चार पुल खोकना क्षेत्रमा छन्। सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ।








