२०८३ असार ३२ , बिहीबार

उडेकाे ३ मिनेटमै सम्पर्कविहीन भएकाे थियाे एअर डाइनेस्टीको हेलिकप्टर



काठमाडाैंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे ३ मिनेटमै विमानस्थल टार्फिक कन्टाेलसँग सम्पर्कविहीन भएकाे नागरिक न्युजलाई जानकारी दिए।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। हेलिकप्टरमा सवार अन्य चारजना चिनियाँ नागरिक रहेकाे बताइएकाे छ।

घटनास्थलमा पाँच जनाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले पुष्टी गरे।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार