नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एक हेलिकप्टर दुर्घटना भएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चाैर एरियामा हेलिकप्टर दुर्घटना भएकाे जानकारी दिए।
दुर्घटनामा परेकाे हेलिकप्टर एयर डाइनेस्टीको हुनसक्ने प्रहर प्रधान कार्यालयले जनाएकाे छ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसाे काठमाडौंबाट रसुवाका लागि उडेकाे थियाे। साे हेलिकप्टर अहिले सम्पर्क विहीन छ। हेलिकप्टरमा चार जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ।
साेही हेलिकप्टर नुवाकाेटमा दुर्घटनामा परेकाे हुनसक्ने प्रहरीकाे आशंका छ। प्रहरी घटनास्थल नपुगीसकेकाले पुष्टि हुन सकेकाे छैन।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए। उनीहरुको अवस्था खुलेको छैन।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार








