२०८३ असार ३२ , बिहीबार

काभा महिला नेसन्स लिग : नेपाल र भारतबिचकाे खेल सुरू



काभा महिला नेसन्स लिगको उपाधिका लागि नेपाल र भारतबिच खेल भइरहेको छ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधवार साँझ ५ बजेदेखि खेल भइरहेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतले पनि श्रीलङ्कालाई सोही सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

लिग चरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसअघिका भेटमा भारतले नेपालमाथि जित हासिल गर्दै आएको थियो।

तर, यसपल्ट भने नेपाल घरेलु कोर्टमा भारतलाई हराउन सफल भयो। नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा छ। यता, भारत भने लिग चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार