२०८३ असार ३२ , बिहीबार

सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी



नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भए लगतै बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ।

बैठकमा उक्त दुर्घटनाका सम्बन्धमा र अन्य समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय हुने बताइएको छ।

बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका थिए। उनले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद भएको बताएका थिए।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार