२०८३ असार ३२ , बिहीबार

प्रधानमन्त्रीको भलिबल खेल हेर्न जाने कार्यक्रम स्थगन



प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न नजाने भएका छन्।

उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने भनिएता पनि हाल उक्त कार्यक्रम स्थगन गरिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुदैँछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सेटमा पराजित गर्दै फाइनमा पुगेको हो।

लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ।

भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार