सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बुधबार भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।
इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ । उक्त खेल बुधबार साझ पाँच बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार








