२०८३ असार ३२ , बिहीबार

भारतविरुद्ध नेपालले तेस्रो सेट जित्यो, नेपाल २-१ ले अगाडि



राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भइरहेको काभा महिला नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले तेस्रो सेट जितेको छ । नेपालले तेस्रो सेट २५ -२२ जित्न सफल भएको छ ।

यो जितसंगै नेपाल २-१ ले अगाडि रहेको छ। पहिलो सेट नेपालले २५- २३ ले जितेको थियो । दोस्रो सेट नेपालले २५- १४ ले गुमाएको थियो ।

लिग चरणमानेपालले भारतलाई ३- २ ले हराउँदै इतिहास रचेको थियो ।यस अघि आजै भएको तेस्रो स्थानको खेलमा इरान श्रीलंकालाई हराउँदै तेस्रो भएको छ । नेपालले दोस्रो सेमिफाइनलमा इरानलाई ३ -० को सेटबाट हराएको थियो भने लिग चरणमा पाँच सेटको खेलमा ३ -० बाट हारेको थियो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार