२०८३ असार २९ , सोमबार

असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका



पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि टीका लगाएका छन्।

मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए।

वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो। दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र बालबालिकाबीच पारिवारिक वातावरणमा दसैँ मनाइएको थियो। रासस

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिबार