२०८३ भदौ २७ , शनिबार

सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीनजनालाई



सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा गरिएको छ।

अर्थशास्त्रमा यसपटकको नोबेल पुरस्कार डेरन ऐसमोग्लू, साइमन जनसन र जेम्स ए. रबिनसनलाई दिइने छ।

संस्थानहरूलाई कसरी बनाइन्छ र यसले समृद्धिलाई कसरी प्रभावित बनाउँछ भनेर अध्ययन गरेकाले यसवर्षको अर्थशास्त्रको पुरस्कार यी तीनजनालाई दिइने भएको हो।

सोमवार स्टकहोममा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार