राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भयसँगै पाटी कार्यालयमा नेता कार्यकर्ताको भिड लागेको छ।
काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा यति बेला पार्टीका नेताकार्यकर्ताहरु पुग्न थालेका हुन्।
शुक्रबार कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
प्रकाशित मिति : २०८१ कात्तिक २ गते शुक्रबार








