पोखराको शहिदचोकमा प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता कार्यकर्ताबीच धकेलाधकेल भएको छ।
रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहिदचोक र गैह्रापाटन आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार








