२०८३ भदौ २५ , बिहीबार

ग्रामथानको अध्यक्षमा माओवादीबाट माझी उम्मेदवार



नेकपा (माओवादी केन्द्र) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

माझी २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिका वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएका थिए। पार्टी कांग्रेसमा विलय भएपछि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए। माझी केही समय अगाडि मात्रै नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

२०७९ सालको पालिका निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए। उनको हृदय घातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो।यता नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरूले भने अझैसम्म उम्मेदवार टुंगो लगाइसकेका छैनन्। ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि एमालेमा ९ र नपाली कांग्रेसमा १४ जना आकांक्षी रहेको स्थानीय नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार