२०८३ भदौ २४ , बुधबार

माल्दिभ्सविरुद्ध नेपाल पहिलो हाफमा ४-० ले अगाडि



साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले मालदिभ्सविरुद्ध पहिलो हाफमा गोलको वर्षा गर्दै शानदार प्रदर्शन गरेको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले ४-० को अग्रता लिइसकेको छ।

खेलको सुरुवातदेखि नै नेपालले बलमा पकड कायम गर्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गर्न सफल भएको थियो। पाँचाैं मिनेटमा प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

२९ औं मिनेटमा सविता राना मगरले बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। त्यसपछि, रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा थप दुई गोल गर्दै नेपालको गोल संख्यालाई चारमा पुर्‍याइन्।

खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार