२०८३ असार २७ , शनिबार

राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता



राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो।

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ।

१७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन्।

महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ पार्टी खोलेका हुन् । उनले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मुल नारा बनाएका छन्।

प्रकाशित मिति : २०८१ कात्तिक ९ गते शुक्रबार