२०८३ असार २६ , शुक्रबार

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका लगाउने



भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन्।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५‍ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेको हो।सोही निर्णयपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन्।

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउन आग्रह गरेको छ।

यो सँगै उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल देखिएको छ।

धर्मशास्त्रका जानकारका अनुसार भाइटीकाको अघिल्लो दिन अर्थात् सोमबार नै म्हःपूजा गर्ने प्रचलन भएपनि धर्म राजनीतिका कारण शास्त्रसम्मत पर्व नमनाउने बहस सुरु भएको देखिन्छ।

प्रकाशित मिति : २०८१ कात्तिक १६ गते शुक्रबार