२०८३ असार २६ , शुक्रबार

हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो, भोलि अस्ट्रेलियासँग खेल्ने



नेपालले इंग्ल्यान्डमाथि शानदार जित हात पारेको छ। हङकङमा जारी २० औं हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको नेपालले तीन पटकको उपाधि विजेता इंग्ल्याण्डलाई हराएको हो।

९८ रनको लक्ष्य पाएको नेपालले बिना विकेटको क्षति जित हात हासिल गरेको हो। नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो ।

नेपालका कप्तान सन्दिप जोरा ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बमले अविजित २० रन बनाए ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ।

प्रकाशित मिति : २०८१ कात्तिक १६ गते शुक्रबार