प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन्।
भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका हुन।
प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख,शान्ति र उमङ्गको कामना गरेका छन्। भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उनले विश्वास लिएका छन्।
‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिएका हुन।
प्रकाशित मिति : २०८१ कात्तिक १८ गते आइतबार








