२०८३ असार २६ , शुक्रबार

महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटः नेपालको विजयी सुरुवात



यूएईमा जारीमहिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो। यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले ३५, सोनी पाख्रिन र सिमाना केसीले समान १९ रन बनाए। थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन्।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार कुवेतसँग खेल्नेछ। नेपालले कार्तिक २४ गते घरेलु टोली यूएई, कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेतसॅंग र आफ्नो अन्तिम खेलमा कार्तिक २८ गते यूएईसॅंग खेल्नेछ।

४ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ।विश्वकप अर्को वर्ष मलेसियामा हुनेछ।

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार