२०८३ भदौ २२ , सोमबार

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई



राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

बुधबार एक्समार्फत राष्ट्रपति पौडेलले ट्रम्पलाई बधाई दिएका हुन्।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकामा तपाईँलाई बधाई तथा सफलताको शुभकामना’, राष्ट्रपति पौडेलले लेखेका छन्, ‘तपाईँको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु।’

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार