नेपाली राजनीतिका एक शीर्ष व्यक्ति लौह पुरुष गणेशमान सिंहको आइतबार ११० औँ जन्म जयन्ती मनाइँदै छ । राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ र प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भएर नेतृत्व गरेका सिंहलाई नेपाली राजनीतिमा विशेष श्रद्धापूर्वक हेरिन्छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
गणेशमान सिंहको एक सय दशाैं जन्मजयन्ती मनाइँदै | Nagarik News
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।
त्यसपछि नेपाली कांग्रेसको स्थापना, त्यसपछि राणा शासन विरुद्धको सङ्घर्ष, निरङ्कुश पञ्चायत व्यवस्थाविरुद्धको सङ्घर्ष, बहुदलीय प्रजातन्त्र प्राप्ति लगायतमा उनको ठुलो योगदान छ ।
भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी: राष्ट्रपति पौडेल | Nagarik News
यही अवसरमा शनिवार ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’को आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गरिएको छ ।








