काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले बाजी मार्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ । कर्णालीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।
कर्णालीले आजको खेलका लागि टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङले पहिलो रोजाइमा मौका पाएका छन् । यता, सुदूरपश्चिमले भने टोलीमा एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई प्लेइङ–११ मा समावेश गरिएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार








