‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताएका छन्।

कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताए।

‘भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन’, उनले भने,’त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ। मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ।’

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उनको भनाइ छ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उनले भने, ‘नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ।’

उनले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *