काठमाडौं । यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेलिरहेको छ । ओमानको अल अमेरातमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
टस जितेको भारतले पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपाली टोली ब्याटिङमा उत्रिएको हो । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा भारतपछि कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन् ।
प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार








