२०८३ कात्तिक २० , शुक्रबार

हुम्ला केन्द्रबिन्दु भएर बिहानै गयो ४.२ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । हुम्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो । भूकम्पको कम्पन हुम्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार