२०८३ कात्तिक २० , शुक्रबार

कपिलवस्तु कारागारमा ३४ वर्षीय कैदीबन्दीको मृत्यु



कपिलवस्तु । कपिलवस्तु कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । खाना खाएपछि अचानक बेहोस भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो ।

कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी अचानक बेहोस भएका थिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि तौलिहवास्थित कपिलवस्तु अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रशासक भण्डारीले अन्सारीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै खुल्ने बताएका छन् । उनका अनुसार कपिलवस्तु कारागारका दुईवटा ब्लकमा हाल ४२४ जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार