६ अर्बको लगानीमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु

पुरानो अन्नपूर्ण होटल रहेको काठमाडौंकोदरबारमार्ग क्षेत्रमा नयाँ अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ। भाटभटेनीसहित विभिन्न व्यापारिक घरानाको लगानीमा करिब ६ अर्ब रूपैयाँको लागतमा २५ तले अन्नपूर्ण स्क्वायर होटल निर्माण गर्न थालिएको छ।

भाटभटेनी समूहका अध्यक्ष मिनबहादुर गुरुङले सोमबार भूमि–पुजन गरेर होटल निर्माणको शुभारम्भ गरे। होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो।

२०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा गर्ने लक्ष्यसहित निर्माण अघि बढेको कम्पनीले जनाएको छ। होटल नौ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ। त्यहाँ भाटभटेनीको एउटा स्टोर पनि रहनेछ । होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ।

साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताए। होटल र आर्केड निर्माण गर्ने योजना छ। होटलमा बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछन्। गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो। रोजगारी सिर्जना गर्ने र राज्य कोषमा धेरै कर तिर्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *