मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले प्रसाईँको घरमै पुगेर पक्राउ गरेको जनाएकाे छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले साइबर अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको पुष्टि गरे ।
प्रसाईँले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए ।
ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन । एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन् ।
+ There are no comments
Add yours