बालुवा र गिट्टीमा राखेर गाँजा तस्करी

बालुवा र गिट्टीसँगै सप्तरीबाट गाँजा भारत तस्करी भइरहेको खुलेको छ। प्रहरीले सोमबार राति बालुवा लोड भएको ट्रकबाट १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएपछि तस्करी नयाँ तरिका खुलेको हो।

प्रहरी गाँजा नियन्त्रणमा लिएको सप्तरीको राजगढ गाउँपालिका-४ मा बालुवा गिट्टी भण्डारण गरी राख्ने र भारततर्फ तस्करी हुने गरेको छ।

ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको हो। पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर

भण्डारण गर्ने र यहाबाट कोसी नदी हुँदै ढुङ्गामा वा बालुवा गिट्टीमा लुकाएर भारत तर्फ तस्करी हुने यहाँका लागि नियमित घटना हुन।

सप्तरीबाट गाँजाको तस्करी व्यापक हुँदै आए पनि एकै पटक १७ क्विन्टल गाँजा पक्राउ गरिएको यो पहिलो पटक हो। यसबारे विस्तृत जानकारी केही बेरमा सार्वजनिक गर्ने सप्तरी प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *