
गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताएका छन् । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताए ।
संसदका दुई ठुला दल मिलेर बनेको सरकारले प्रतिपक्ष कमजोर हुन्छ संसदीय व्यवस्थामा कमजोरी हुने टिप्पणी गरिएको भन्दै तर देशमा महत्वपूर्ण काम गर्नुपर्ने अवस्था सिर्जना भयो त्यतिबेला ठुला दल मिल्नुपर्ने अवस्था आएको जानकारी दिए ।
‘जब मुलुकमा महत्त्वपूर्ण विषय सम्बोधन गर्नुपर्छ त्यस अवस्थामा राष्ट्रिय सहमति चाहिन्छ । अस्थिरता देखिएको छ । स्थिरता नहुँदा मुलुकमा आर्थिक गतिविधि रोकिए, विकास निर्माण हुन सकेन, शान्ति सुरक्षामा खलल पुग्न थालेको कारण समीकरण गरिएको हो’, गृहमन्त्री लेखकले भने, ‘सरकार स्थायित्व विधिको शासन कायम,भ्रष्टाचार न्यूनीकरण, संविधान रक्षा, शासन व्यवस्थालाई सुदृढ गरी दिगो शान्ति विकास र समृद्धिका लागि समीकरण भएको हो ।’
सरकार अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, वैदेशिक लगानी आकर्षित, अर्थतन्त्र चलायमान बनाउने जस्ता कार्यमा केन्द्रित भएको बताए ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले कर्णालीलाई समस्या बोकेको होइन सम्भावना बोकेको प्रदेशका रूपमा बनाउन अपिल गरे । जडीबुटी, पर्यटन, विद्युत उत्पादन लगायतका सम्भावनालाई यथार्थमा परिणत गर्न जरुरी भएको बताइएको छ । त्यसतर्फ सरकारहरू केन्द्रित हुनुपर्ने जिकिर गरे ।
गृह मन्त्रालयअन्तर्गत प्रहरी, सशस्त्रलगायतका तालिम केन्द्र, गणहरु नेपालगन्ज हुनुपरेको अवस्थाबारे प्रस्ट्याउँदै तत्काल कर्णालीमै लिएर जाने विषयमा अध्ययन गरी चाँडै ल्याउने प्रतिबद्धता जनाए ।
Leave a Reply