यो वर्षको हिउँदमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले यही मंसिर १६ देखि फागुन १६ गतेसम्म तीन महिनाको हिउँद अवधिको हावापानीको आकलन गरेको हो । विभागको आकलन अनुसार, यो हिउँदमा कोसी प्रदेशका दक्षिणी र मधेस प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिणी, लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । गण्डकीका पूर्वी तथा दक्षिणी, वाग्मती, मधेस प्रदेश र कोसी प्रदेशका पश्चिमी भूभागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
+ There are no comments
Add yours