ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सुर्खेतबाट दैलेख आउँदै गरेको लु२ख ४००८ नम्बरको मिनी ट्रकको ठक्करबाट नारायण नगरपालिका–६ की ४२ बर्षिया अमृता कार्मीको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रहरीका अनुसार नारायण नगरपालिका–८ मालपोत कार्यालय नजिकै दुर्घटना भएको थियो। ट्रक चालक रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ बस्ने २९ वर्षका गणेश दमाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिएकाे छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *