सिद्धार्थ बैंकको वार्षिक उत्सवमा ३१ पिन्ट रगत संकलन

सुर्खेत

सिद्धार्थ बैंकको वार्षिक उत्सवका अवसरमा बैंकको सुर्खेत शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको २२ औं वार्षिक उत्सवका अवसरमा बिहिवार वीरेन्द्रनगर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, सुर्खेतसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम मार्फत मार्फत ३१ पिन्ट रगत संकलन गरिएको छ । रक्तदानमा बैंकमा कार्यरत कर्मचारी लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

बैंकले हाल देशैभर एक सय ९६ वटा शाखा, ७३ वटा शाखा रहित बैंकिङ्ग सेवा, दुई सय २६ एटिएम मार्फत् बैंकिङ सेवा दिईरहेको छ ।

अन्य समाचार

+ There are no comments

Add yours