नेपालका आर्थिक सूचकहरुको प्रयोग विधिमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंको आयोजनामा वीरेन्द्रनगरमा आर्थिक सूचकहरुको प्रयोग विधिका विषयमा ‘प्रदेश स्तरीय क्षमता विकास तालिम’को आयोजना गरिएको हो ।
तालिममा मध्यपश्चिम विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, सरकारी कार्यालयका तथ्यांकसँग सरोकार राख्ने कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंका प्रमुख तथ्यांक अधिकारी मधुसुधन बुर्लाकोटीले तथ्यांकको सही सदुपयोगले देश निर्माणमा टेवा पुग्ने बताए । उनले भने, ‘तथ्यांकको सदुपयोगले विकास निर्माणलाई प्रभावकारी बनाउन मद्दत गर्छ ।’
‘सडक निर्माणका समयमा त्यसको आवश्यकता, प्राप्त पूर्वाधार, आवश्यकता लगायतको अध्ययन आवश्यक पर्छ । अनि मात्र हामीले गुणस्तरीय सडकको निर्माण गर्न सक्छौ’, उनले भने, ‘प्रदेशले पनि तथ्यांकमा आधारित भएर आफ्ना कार्यक्रमको निर्माण गर्नुपर्छ । यहाँ जिल्लाहरुमा त्यहाँको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । यस्तो अवस्थामा तथ्यांकको भूमिका महत्वपूर्ण छ ।’
कार्यक्रममा नेपालको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी), आर्थिक सूचकको प्रयोग विधि, सूचना संकलनका स्रोत, सूचक निर्माणमा आवश्यक गणितिय विधिहरु लगायतका विषयमा छलफल गरिएको हो ।
+ There are no comments
Add yours