काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी

सुर्खेत

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।

ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । उक्त बस कलंकीबाट थानकोटतर्फ जाँदै थियो ।बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको बोहराले बताए । १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो ।

बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने हुन पाएन ।

अन्य समाचार

+ There are no comments

Add yours