२०८३ मंसिर ८ , मंगलबार

स्व. बत्तिसरा अधिकारीको स्मृतिमा २४ सुत्केरी आमालाई सहयोग



सुर्खेत । स्वर्गीय बत्तिसरा अधिकारीको १२औँ पुण्यतिथिको अवसरमा बत्ती फाउन्डेसनले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेका २४ जना नवसुत्केरी आमालाई आवश्यक सामग्री वितरण गरेको छ।

फाउन्डेसनले सुत्केरी आमाहरूलाई साबुन, सरफ, न्यानो मोजा, टोपी, पेटिकोट, प्याडलगायतका सामग्री सहयोगस्वरूप वितरण गरेको हो।

फाउन्डेसनका संयोजक पूर्णदेव अधिकारीले गत साउन २६ गते आफ्नो जन्मोत्सवका अवसरमा स्वर्गीय आमाको नाममा फाउन्डेसन सञ्चालन गरी बिरामी महिला तथा बालबालिकालाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणाअनुसार फाउन्डेसनमार्फत पहिलो चरणमा सुत्केरीL आमाहरूलाई सहयोग गरिएको जनाइएको छ।

सहयोग वितरणमा समन्वय तथा सहकार्य गर्ने सकुन्तला सापकोटा, हरिमाया गुरुङ, शोभा अधिकारीलगायत सम्पूर्ण सहयोगी टोलीप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।
फाउन्डेसनले सहयोग प्राप्त गर्ने सबै आमाहरूको स्वास्थ्यलाभको कामना गर्दै आमा र नवजात शिशुको स्याहार तथा स्वास्थ्यप्रति विशेष ध्यान दिनसमेत आग्रह गरेको छ।

स्वर्गीय आमाको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै महिला तथा बालबालिकाको हितमा सहयोग गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको संयोजक अधिकारीले बताउनुभएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार