नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजीहरूको मागअनुसार संविधान भित्रैबाटै समाधान खोज्न कांग्रेस तयार रहेको बताएका छन् ।
सबैसँग संवादमा रहेर कांग्रेस अहिलेको स्थितिबाट बाहिर निकाल्ने पक्षमा भएको थापाले बताए । ‘प्रत्यक्ष भेट्ने अवस्था छैन । २३ गते कसैले अनुमान नगरेको घटना भयो । कसैले नचाहेको भयो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुँछेर हुँदैन । हामीले माफी माग्नुपर्छ,’ थापाले भनेका छन्, ‘हाम्रो सभापतिसहित पार्टीका साथीमाथि छानी छानी आक्रमण भयो । २३ र २४ गतेका अमानवीय क्रूर घटनाको छानबिन हुनुपर्छ । हामी भित्रका हुन् कि बाहिरका छानबिन भएर कारवाही हुनुपर्छ ।’
२३ र २४ गते भौतिक क्षतिमात्रै नभएको भन्दै उनले घर कार्यालय र मन पनि फाटेको उनले बताए । ‘यसको जिम्मा कसले लिन्छ ? अर्बौं/खर्बौंको क्षति भएको छ । ०६२/६३ मा कांग्रेसले माओवादीलाई मूलधारमा ल्यायो,’ थापाले भनेका छन्, ‘नेपाललाई सबैले जोड्ने पहलकदमी चाहिएको छ । कांग्रेसको जिम्मेवारी छ । किनकी कांग्रेस राष्ट्रिय शक्ति हो । जो जहाँ हुनुहुन्छ । उत्तेजना होइन जोड्ने हिसाबले खटिनुस् । सबैलाई जोड्न कांग्रेस लाग्छ ।’

आज साँझसम्ममा सरकार बन्ने प्रक्रिया टुंगिने पक्षमा आफू भएको पनि उनले बताए । अब अहिलेको अवस्थामा कांग्रेस अगाडि नबढ्ने उनको भनाइ छ । पुनर्गठित कांग्रेस आजको आवश्यकता भएको उनको भनाइ छ । ‘हामी एक नम्बर हौं । पहिलो दल हौं तर, मतले मात्रै नहुने रहेछ । मन पनि जित्नुपर्छ रहेछ । नयाँ पुस्ताले हामीलाई रुचाएनन् । हामीले भनेको मानेनन् । नयाँ पुस्तालाई समेट्नैपर्छ । हाम्रो भित्र गति मिलेन, मति मिलेन । नौजवानले चाहेअनुसार भएन । हामी मिलाउन चाहन्छौं । हामीलाई तपाईंको साथ चाहिन्छ ।’
संस्थाहरूलाई अति दलीय करण बनाउने परिपार्टी अब अन्त्य गर्नुपर्ने उनले बताए । ‘अति दलीयकरण अति भएको छ । अब कांग्रेसल संकल्प गर्छ । हामी गरौं । नेपालको संरचनलाई दलीय करणलाई बाहिर निकाल्छ,’ थापाले भनेका छन् ।
गुटबन्दीबाट माथि उठेको कांग्रेस बनाउन लाग्नेसमेत उनको भनाइ छ ।

Leave a Reply